गायक बने व्यवसायी शिवाकोटी, प्राण रानी म्युजिक भिडिओ सार्वजनिक – Nepal Press

गायक बने व्यवसायी शिवाकोटी, प्राण रानी म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । युवा व्यवसायी तथा उद्यमी टीका शिवाकोटी ‘आदर्श’ अब गायकको भूमिकामा पनि देखिएका छन् । आफ्नै स्वर तथा अभिनय रहेको आधुनिक गीति एल्बम तथा म्युजिक भिडिओ प्राण रानी लिएर उनी सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

ओमकार अधिकारीको शब्द रचना तथा वरिष्ठ संगीतकार भानुभक्त ढकालको संगीत रहेको प्राण रानीमा टीका शिवकोटीले स्वर दिएका छन् ।

संगीता शिवाकोटी अफिसियल युट्युब च्यानलले बजारमा ल्याएको म्युजिक भिडिओमा टीका शिवकोटी, ऋचा थापाको अभिनय छ भने अनुकल्प राज शिवकोटी बाल कलाकारका रुपमा आएका छन् । गीतमा आफ्नो प्रेम कहानी छोरालाई सुनाएको दृष्य छ ।

टेकेन्द्र शाहले निर्देशन गरेको म्युजिक भिडिओ शुक्रबारदेखि सार्वजनिक भएको छ ।

भिडिओः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर