काठमाडौं ८ मा चुनाव लड्ने नवीन्द्रराज पत्नी सपनाको चाहना – Nepal Press

काठमाडौं ८ मा चुनाव लड्ने नवीन्द्रराज पत्नी सपनाको चाहना

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी जोशीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न क्षेत्रीय कार्यसमितिमा निवेदन दिएकी छिन् ।

सपना कांग्रेसको महासमिति सदस्य समेत हुन् । सपना विगतमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिइन् । स्व. जोशीले २०६४ र २०७० को संविधानसभा निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । अघिल्लो संसदीय निर्वाचनमा जोशी झिनो मतान्तरले एमाले उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री छन् ।

जोशीकी पत्नी सपनाले कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरुको सुझावअनुसार कांग्रेसको क्षेत्रीय समितिमा आवेदन दिएकी हुन् । क्षेत्रीय समितिले उम्मेदवार बन्न इच्छुक नेताहरुको आवेदन माग गरेको थियो । सोही क्षेत्रबाट नवीन्द्रका दाजु राजुराज जोशीले पनि आवेदन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर