मिनेन्द्र रिजाल जापान प्रस्थान, यस्ता छन् कार्यक्रमहरु – Nepal Press

मिनेन्द्र रिजाल जापान प्रस्थान, यस्ता छन् कार्यक्रमहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री डा. मिनेन्द्र रिजाल जापान प्रस्थान गरेका छन् । जापानको नागोयामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्न रिजाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जापानमा रहँदा पूर्वमन्त्री रिजालले जापानका सहायक अर्थमन्त्री इमाइदा सोइचिरोसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । त्यस्तै, नागोया शहरका मेयर कावामुरा ताकासीसँग पनि रिजालले भेटवर्ता गर्नेछन् ।

गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति नागोया र नेपाली दूतावासको संयुक्त आयोजनमा सेप्टेम्बर ३ र ४ मा सो फेस्टिभल हुन लागेको हो । नेपाल र जापानबीचको सम्बन्ध सुधार तथा जापानमा रहेका नेपालीहरुबीच हार्दिकता अभिवृद्धि गर्ने लक्ष्य फेस्टिभलले लिएको छ ।

नेता रिजाल सेप्टेम्बर ७ मा स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर