कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक, असोज ७ भित्र आवेदन फारम बुझाइसक्नुपर्ने – Nepal Press

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक, असोज ७ भित्र आवेदन फारम बुझाइसक्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले असोज ३० र ३१ गते ुहुने ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

नियमित परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी नट ग्रेड प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयसम्म ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउनेछन् ।

ग्रेड वृद्धि पूरक परीक्षा असोज ३० गते बिहान ११ बजेदेखि शुरु हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने र  ३१ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ ।

त्यसका लागि सोमबारदेखिसोमबारदेखि परीक्षा आवेदन फाराम बुझाउने र असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी ६ सय  बुझाई सक्नुपर्नेछ ।

उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि असोज १४ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी १२ सय बुझाई सम्बन्धित विद्यालय मार्फत असोज २५ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मागरेको भौचर सहित आवेदन फाराम बुझाई सक्नुपर्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *