केसी परिवारमाथि महत खलक हाबी, अर्जुननरसिंह प्रत्यक्ष उम्मेदवार सिफारिसमै वञ्चित – Nepal Press

केसी परिवारमाथि महत खलक हाबी, अर्जुननरसिंह प्रत्यक्ष उम्मेदवार सिफारिसमै वञ्चित

नुवाकोट । केसी र महत परिवारको परम्परागत विवाद नुवाकोट कांग्रेसमा यसपटक पनि छताछुल्ल भएको छ । महत पक्ष हाबी रहेको जिल्ला र क्षेत्रीय कार्य समितिले पार्टीका प्रभावशाली नेता अर्जुन नरसिंह केसी र जगदिश नरसिंह केसीलाई प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवारको सिफारिसमै नअटाएपछि विवाद भएको छ ।

अर्जुन नरसिंह केसीको नाम समानुपातिकमा सिफारिस गरेर नुवाकोट क्षेत्र नम्बर १ बाट बहादुर सिंह लामाको नाम सिफिारिस भएको छ । त्यस्तै लामासँगै लालीमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठको नाम सिफारिस भए पनि बहादुरकै लागि केसी परिवारलाई सिफारिसमै निषेध गरेको आरोप छ ।

क्षेत्र नम्बर २ बाट डा.रामशरण महत र भाइ डा.प्रकाशशरण महतको नाम सिफारिस भएको छ । दाजु महतको नाम भने समानुपातिकमा पनि सिफारिस गरिएको छ । भाइ महतको नाम काठमाडौं ५ मा पनि सिफारिस भएको छ ।

यसैबीच नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिशनरसिंह केसीले भने विधान विपरितको बैठकले गरेको सिफारिस मान्य नरहेको बताएका छन् । नुवाकोट कांग्र्रेसका सभापति रमेश महत भने प्रदेशतर्फ उम्मेदवार बन्ने तयारी छ ।


प्रतिक्रिया

One thought on “केसी परिवारमाथि महत खलक हाबी, अर्जुननरसिंह प्रत्यक्ष उम्मेदवार सिफारिसमै वञ्चित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर