छोरी रेणुप्रति ईंगित गर्दै प्रचण्डले भने- जनताले पार्टीभन्दा विकास हेर्न थाले, भरतपुरले प्रमाणित गर्‍यो (भिडिओ) – Nepal Press

छोरी रेणुप्रति ईंगित गर्दै प्रचण्डले भने- जनताले पार्टीभन्दा विकास हेर्न थाले, भरतपुरले प्रमाणित गर्‍यो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अब पार्टी भन्दा पनि विकास हेर्ने थालेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणद्वारा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले जनता पार्टी, नेता, र व्यक्ति भन्दा पनि विकास हेर्न थालेको बताए ।

उनले भने,‘आम जनताले पार्टी हेर्ने भन्दा पनि उनीहरुले हेर्ने भनेको विकास नै हो । शिक्षा स्वास्थ्य रोजगारीमा के कति परिवर्तन भयो भएन भन्ने छ । जनताको सुरक्षालाई पार्टीहरुले कतिको ध्यान दिएको छन छैनन् भन्ने भएको छ ।’ उनले विकास सुरक्षा र समृद्धिको महान यात्रा भरतपुर महानगरपालिकामा सुरु भएको जिकिर गरे ।

विकास गर्नेलाई जनताले त्यो कुरा राम्रै मनन गरेको तथ्य स्थानीय तहको चुनावमा रामै्रसँग प्रमाणित गरेर देखाएको उनले बताए ।

उनले भने,‘आउने प्रदेश र संघको निर्वाचनमा पनि विकास र समृद्धिलाई अगाडि बढाउने कुरालाई चितवन जिल्ला समग्रमा भरतपुर महानगरपालिका र यस क्षेत्रमा एउटा मोडल विकासलाई नेपाली जतनाले चितवनबासीले रुचाएको तथ्य छ । जसले विकास र समृद्धिलाई गति दिन सक्छ त्यसलाई रोजेको तथ्य प्रमाणित भइसकेको छ । आउने दिनमा पनि जनताले यही आवश्यकताको बलमा यसले योगदान गर्नेछ । यहाँबाट देशभरी नै विकास र समृद्धिको सन्देश दिने मेरा संकल्प छ ।’

 


प्रतिक्रिया

One thought on “छोरी रेणुप्रति ईंगित गर्दै प्रचण्डले भने- जनताले पार्टीभन्दा विकास हेर्न थाले, भरतपुरले प्रमाणित गर्‍यो (भिडिओ)

  1. जनताले विकास गर्नेलाई भोट दिन्छन्। त्यसैले त एमालेले बहुमत ल्याउँछ। तिमीहरू दलाली गर्नेको हार निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर