कानुनी तथा व्यवहारिक बुझाइमा समानता ल्याउन जनप्रतिनिधिलाई अभिमुखीकरण – Nepal Press

कानुनी तथा व्यवहारिक बुझाइमा समानता ल्याउन जनप्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं । महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ मा नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी सहभागी छन् । २ दिने कार्यक्रममा कानुन, प्रशासन तथा वित्तिय व्यवस्थापनका कानुनी तथा व्यवहारिक बुझाइ समेटेर विषयगत प्रस्तुति तथा छलफल हुँदैछ ।

कार्यक्रम सुरु गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राखे ।

‘एउटै विषयमा असमान धारणा निर्माण भयो भने त्यसले नतिजा ल्याउन चुनौती सिर्जना गर्छ । काठमाडौँ महानगरमा जनप्रतिनिधिको परिवार ठूलो भएकोले आपसी सम्बन्धलाई आत्मी बनाउन पनि कार्यक्रम आवश्यक छ । त्यसैले अभिमुखीकरण आयोजना गरिएको हो ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, कार्यगत एकता र सहभागितामुलक विकास पद्धतिका लागि अभिमुखीकरणले योगदान गर्ने अपेक्ष गरिन् ।सेवाग्राहीका अपेक्षा महानगरबाट नागरिकमा परावर्तन गराउन जनप्रतिनिधि र कर्मचारीको समान बुझाइमा जोड दिँदै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, राजस्वमा वृद्धि तथा बेरुजु फस्र्यौटमा प्राप्त भएको उपलब्धीलाई उदाहरणका रुपमा प्रस्तुत गरे ।

अभिमुखीकरणमा ‘सहरी सुशासन र जनप्रतिनिधि’, ‘अफिस अटोमेसन र विद्युतीय शासन’, ‘स्थानीय शासन र हाम्रा कानुन (संघ, प्रदेश र स्थानीय)’, ‘सार्वजनिक खरिद प्रक्रिया र कानुनी व्यवस्था’ विषयमा प्रस्तुति भएका थिए । यी विषयमा क्रमशः कृष्णहरि बास्कोटा, रोमकान्त पाण्डे, डा. चन्द्रकान्त ज्ञवाली र सुरेश प्रधानले प्रस्तुतिकरण गरेको थियो ।

यस्तै डा. पुरुषोत्तम डंगोलले, ‘भवन निर्माण संहिता, भवन मापदण्ड एवम् सार्वजनिक निर्माण विषयमा जान्नै पर्ने कुरा’ विषय प्रस्तुति गरेका थिए । डिलाराम पन्थीले, ‘स्थानीय तहमा योजना तर्जुमा’ विषयक प्रस्तुति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर