टोपबहादुर रायमाझीको क्षेत्रमा प्रदेशतर्फ एमालेबाट आचार्यको नाम सिफारिस
नेपाल प्रेस
२०७९ भदौ १८ गते १५:०३
रूपन्देही। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको क्षेत्र अर्घाखाँचीमा प्रदेशतर्फ १ (क) मा नेता चेतनारायण आचार्यको नाम एकल सिफारिसमा परेको छ ।
आज बसेको सो क्षेत्रको बैठकले प्रदेश सभाका लागि उनको नाम एकल रूपमा सिफारिस भएको जिल्ला सदस्य प्रदीप नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार १ (ख)को बैठक भोलि आइतबार बसेर टुंगो लाग्नेछ । आचार्य अहिले पनि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री हुन् ।
प्रतिक्रिया