रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने चाहना, राष्ट्रपतिको अफर दिए सांसद किसान श्रेष्ठले (भिडिओ) – Nepal Press

रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने चाहना, राष्ट्रपतिको अफर दिए सांसद किसान श्रेष्ठले (भिडिओ)

तनहुँ । गठबन्धनमा सीट बाँडफाँटको सकस बढिरहेका बेला तनहुँ–१ का मुख्य दावेदार दुई नेता शनिबार एकै मञ्चमा उपस्थित भएका छन् । व्यास-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औ वार्षिकोत्सव तथा एघारौ साधारणसभाको अवसरमा रामचन्द्र पौडेल र किसान श्रेष्ठको एकैमञ्चमा उपस्थितिले चुनाव ह्वात्तै लागेको अनुभूति दिलाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले तनहुँ १ नछाड्ने संकेत गर्दै भाषण गरे । आफूमा मुलुकको नेतृत्व गर्ने नैतिक शक्ति भएको भन्दै सक्रिय राजनीतिबाट विमुख नहुने बताए । उनले आफूलाई मुलुकले कार्यकारणी भूमिकामा देख्न चाहेको भन्दै प्रधानमन्त्रीमा दाबी समेत गरे ।

कार्यक्रम उद्घाटनका क्रममा सांसद श्रेष्ठले दियो उचालेर आफूलाई हस्तान्तरण गरेको भन्दै पौडेलले भने, ‘अहिलेको अवस्था पनि यस्तै हो ।’ पौडेलले तनहुँ १ नछाड्ने संकेत समेत गरे । गठबन्धनबाट पौडेल वा श्रेष्ठमध्ये एउटाले टिकट पाए अर्कोले छाड्नुपर्ने अवस्था छ ।

कार्यक्रमका विशिष्ट अतिथि सांसद श्रेष्ठले आफूले सम्मान गरेर दिएको भन्दै प्रत्यक्ष राजनीतिका लागि आफूहरुलाई मैदान खाली गरिदिन पौडेललाई आग्रह गरे । ‘तपाईलाई माननीय भन्दा ठूलो पदमा पुर्‍याउँछौ, राष्ट्रपति बनाउन भूमिका खेलौला’, श्रेष्ठले भने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर