रुपन्देही २ बाट एमाले उपाध्यक्ष पौडेलको नाम एकल सिफारिस – Nepal Press

रुपन्देही २ बाट एमाले उपाध्यक्ष पौडेलको नाम एकल सिफारिस

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

नेपाली कांग्रेसले यस क्षेत्रबाट गृहमन्त्री बालकृष्ण खाण, यसअघि पराजित युवराज गिरी, अधिवक्ता गोकर्ण पौडेल र कृष्ण पोखरेलको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले नेता राजु गुरुङको नाम एकल सिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट नेता विनोद पहाडी र वामदेव क्षेत्री आकांक्षी भए पनि अझै कुनै निर्णय भएको छैन । माओवादीको बैठक आइतबार बसिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर