काभ्रे २ बाट एमाले नेता बास्कोटाको एकल नाम सिफारिस
नेपाल प्रेस
२०७९ भदौ १९ गते १३:१५
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको नाम काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ।
आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले पार्टीका बास्कोटाको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। बास्कोटा २०७४मा यस क्षेत्रबाट निर्वाचित भएका थिए । उनी संचारमन्त्री समेत भएका थिए ।
प्रतिक्रिया