कर्मचारीलाई प्रधानमन्त्रीले भने- निजामती ऐन आउँछ, अहिलेलाई चुनावको काममा लाग्नुस् (भिडिओ) – Nepal Press

कर्मचारीलाई प्रधानमन्त्रीले भने- निजामती ऐन आउँछ, अहिलेलाई चुनावको काममा लाग्नुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गरेको अवस्थामा यसको तयारीका लािग सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन् ।

उनले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रतिबद्धता जनाए । ऐनको सन्दर्भमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अबलम्वन गरिने धारणा राखे । उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए ।

त्यस्तै, कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्तावेज भएको भन्दै कर्मचारीहरुको जायज मागलाई सम्बोधन हुने गरी ऐनलाई अन्तिम रुप दिनुपर्ने बताए ।

कार्यक्रममा कर्मचारीहरुले आफुहरुको वृत्तिविकासका लागि अन्य बिषयमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै केहि व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर