रामचन्द्र पौडेलको क्षेत्रमा भएन सहमति, तीन नेताको नाम सिफारिस – Nepal Press

रामचन्द्र पौडेलको क्षेत्रमा भएन सहमति, तीन नेताको नाम सिफारिस

काठमाडौं । आफूलाई भावी प्रधानमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरिरहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो क्षेत्रबाट उम्मेवार सिफारिसमा सर्वसम्मत हुन असफल भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट अन्तिमपटक चुनाव लड्ने तयारीमा रहेका पौडेलको नाममा सर्वसम्मत हुन नसकेपछि केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईको समेत नाम पठाइएको छ ।

जिल्ला कार्य समितिले क्षेत्रीय समितिबाट आएको नाम सिफारिस गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । सोही क्षेत्रबाट डा. शेषरमण न्यौपाने र शिवहरि धितालले पनि आवेदन दर्ता गराएकोमा क्षेत्रीय कार्य समितिले रामचन्द्रसहित तीनजना नेताको नाम जिल्लामा पठाएको हो ।

पौडेलको सो क्षेत्रमा गठबन्धनबाट नेकपा एसका नेता किसान श्रेष्ठले पनि दाबी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा पौडेल श्रेष्ठसँग पराजित भएका थिए । शंकर भण्डारी भने क्षेत्र नम्बर २ बाट पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर