नुवाकोट-२ मा एमालेबाट प्रतिनिधिसभाका लागि ९ जनाको नाम सिफारिस (सूचीसहित)
नेपाल प्रेस
२०७९ भदौ १९ गते १७:५६
काठमाडौं । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर २ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्रीय समन्वय कमिटीको बैठक प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ४ गरी ९ जनाको नाम सिफारिस गरिएको समन्वय कमिटीका सचिव शिवकुमार चित्रकारले जानकारी दिए ।
नाम सिफारिस भएकाहरुः
प्रत्यक्षमा
नारायणप्रसाद खतिवडा
केशवराज पाण्डे
विष्णु लोहनी
माधवप्रसाद तिवारी
रामशरण प्याकुरेल
समानुपातिकमा
महेन्द्र बहादुर पाण्डे
अजितमान तामाङ
श्रीमाया लामा
दुर्गा वस्ती
प्रतिक्रिया