कांग्रेस मकवानपुरद्वारा प्रतिनिधिसभाका लागि चारजना सिफारिस – Nepal Press

कांग्रेस मकवानपुरद्वारा प्रतिनिधिसभाका लागि चारजना सिफारिस

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको मकवानपुरको दुईवटा निर्वाचन क्षेत्रबाट चारजनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । कांग्रेस मकवानपुरको बैठकले क्षेत्र नंबर १ र २ बाट समग्रमा चार जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका चारजना नेताहरुमा नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’, वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्व जिल्ला सभापति माईकल रामचन्द्र अर्याल तथा नेता जयराम लामिछाने रहेका छन् ।

यो पटक आफूहरुले क्षेत्र तोकेर भन्दा गठबन्धनको भागवण्डामा आउने कम्तिमा एक क्षेत्रमा चारजना नेताहरुको नाम सिफारिस गरेको कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताए । दुवै क्षेत्र कांग्रेसले पाएको अवस्थामा या एक क्षेत्र मात्र पाएको अवस्थामा सिफारिस भएको मध्येका नेताहरुलाई उम्मेद्वार बनाउन केन्द्रलाई आग्रह गरिएको महतको भनाई थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर