अर्घाखाँचीमा रायमाझी एमालेका सर्वसम्मत उम्मेदवार, दुवै प्रदेशबाट पनि एकल नाम सिफारिस – Nepal Press

अर्घाखाँचीमा रायमाझी एमालेका सर्वसम्मत उम्मेदवार, दुवै प्रदेशबाट पनि एकल नाम सिफारिस

रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस भएका छन् ।

अर्घाखाँचीबाट लगातार ३ पटक निर्वाचन जितेका रायमाझीको एकल नाम सिफारिस गरिएको हो । स्थानीय तहको निर्वाचनमा ५ दलको वडा तहसम्म भएको गठबन्धनलाई तोडेर बहुमत पालिका जिताएपछि उनको प्रशंसा बढेको छ ।

सोमबार बसेको जिल्ला पार्टीको बैठकले रायमाझीलाई सर्वसम्मततिले एकल उम्मेदवार सिफारिस गरेको जिल्ला सदस्य प्रदीप नेपालीले बताए । रायमाझी पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री भइसकेका छन् ।

प्रदेशका दुवै क्षेत्रमा पनि एमालेले एकल उम्मेदवार सिफारिस गरेको छ । प्रदेश ‘क’ बाट नेता चेतनारायण आचार्य तथा ‘ख’ बाट नेता रामजी घिमिरे एकल उम्मेदवार सिफारिस भएका छन् । उनीहरू दुवैजना अहिले लुम्बिनी प्रदेशका सांसद हुन् । स्थानीय तहको वडागत मत परिणाममा एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एस ३७६३ मतभारमा छन् ।

गठबन्धनमा नेपाली कांग्रेस र माओवादीले दाबी गरेको जिल्लामा कांग्रेसबाट उपसभामुख पुष्पा भुसालसहित ६ जना उम्मेदवार सिफारिस भएका छन् । माओवादीबाट सचिव डिलाराम आचार्य प्रमुख दाबेदार भएपनि औपचारिक निर्णय भने भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर