जसपाका स्थायी कमिटी सदस्य रम्तेलसहित ५७ जना एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । सोमबार समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा रम्तेलसहित ५७ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका हुन् ।
कर्णालीको हुम्लाका रम्तेल एमाले माओवादी नयाँशक्ति जसपा हुँदै एकीकृत समाजवादीमा समाहित भएका हुन् । लामो समयदेखि दलित आन्दोलन भ्रष्टाचार अनियमितताको विरुद्धको अभियानमा संलग्न भएका उनलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतले टीका र खादा लगाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्दै नेता रम्तेलले आफ्नो विवेक र क्षमताले भ्याएसम्म नेपालको कम्युनिष्ट आन्दोलन र वर्ग सङ्घर्षको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए ।
Good news