प्रचण्डको चेतावनी : राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं – Nepal Press

प्रचण्डको चेतावनी : राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे अदालत जाने चेतावनी दिएका छन् ।

जनकपुरधाममा सोमबार सञ्चारर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेको बताए । उनले भने, ‘राष्ट्रपतिले अब पुनः नागरिकता विधेयक फिर्ता गर्न मिल्दैन । उहाँ फिर्ता गर्नुहुन्न भन्ने विश्वास छ । तर प्रमाणिकरण नगरे अदालत जान्छौं ।’

अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनका लागि दुई/तीन दिनभित्र सत्ता गठबन्धनमा सिट बाँडफाँड टुंगो लाग्ने विश्वास व्यक्त गरे ।

‘अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुंगो लगाउन मात्र बाँकी छ । त्यो पनि छिट्टै टुंगो लाग्छ ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डको चेतावनी : राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर