हास्य कलाकार जोगिन्दर कांग्रेसबाट उम्मेदवार सिफारिस – Nepal Press

हास्य कलाकार जोगिन्दर कांग्रेसबाट उम्मेदवार सिफारिस

काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् ।

उनी सर्लाही क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रदेशसभा समानुपातिकतर्फ सर्वसम्मत सिफारिस भएका हुन् । उनको नाम एक नम्बरमा राखेर सिफारिस गरिएको छ । फेसबुकमार्फत आफू सिफारिसमा परेको जानकारी गराउँदै जोगिन्दरले पार्टीका नेताहरूप्रति आभार जनाएका छन् ।

जोगिन्दर कांग्रेनिकट सांस्कृतिक संघमा आबद्ध छन् ।

रिलालले लामो समय टेलिभिजनमा ‘जोगिन्दर के पान कि दुकान’ हास्य श्रृंखला चलाएका थिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिसमेत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर