प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले गरे भेटवार्ता (भिडिओ) – Nepal Press

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले गरे भेटवार्ता (भिडिओ)

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनाेज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग भेटघाट गरेको हो।

प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

यसअघि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई मानार्थ महारथीको उपाधिबाट सुशोभित गरेकी थिइन् । नेपाल र भारतले एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधि दिने चलन छ।

औपचारिक भ्रमणका क्रममा आइतबार नेपालमा आएका पाण्डे बिहीबार स्वदेश फर्कँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर