सहमति लिपिवद्ध गर्ने चरणमा पुग्याैं, भाेलि प्रतिवेदन तयार हुन्छ : सञ्चारमन्त्री कार्की
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/09/Gyanendra-Bahadur-Karki-1.jpg)
काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक सकिएको छ ।
कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको र लिपिवद्ध गर्न बाँकी रहेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्कीले अब भोलि प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइने बताए । ‘भोलि नै कार्यदलले प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई दिनेछ’ उनले सञ्चारकर्मीहरूलाई सुनाए । ‘कति सिटमा सहमति भयो ’ सञ्चारकर्मीले प्रश्न गर्दा उनले भने, ‘अहिले त्यो भन्न हतार हुन्छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै धनगढीमा कांग्रेस ८० सिट र माओवादी केन्द्र ६० सिटको वरपर सहमति हुने अभिव्यक्ति दिएका थिए ।
कार्कीले भने त्यो विषयमा आफूलाई जानकारी नभएको बताए । सहमतिको नजिकमा पुगेको र लिपिबद्ध गर्न वाकी रहेको उनले दोहोराए । सहमतिको खाका लिपिबद्ध गरेर भोलि नै कार्यदलको काम सम्पन्न भएको शीर्षस्थ नेतृत्वलाई जानकारी गराउने उनले जनाए ।