संघीय शिक्षा ऐन विधायन व्यवस्थापन समितिमा पेस गर्ने सरकारको निर्णय – Nepal Press

संघीय शिक्षा ऐन विधायन व्यवस्थापन समितिमा पेस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन विधायन व्यवस्थपान समितिमा पेस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेस गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिमा पेस गर्ने निर्णय भएको मन्त्री पौडेलले नै नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार चार महिनादेखि अट्किएको उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयमा आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर