इन्द्रजात्राको अन्तर्राष्ट्रियकरण अभियानमा महानगर, विदेशका १८ नगरलाई काठमाडौंमा निम्तो – Nepal Press

इन्द्रजात्राको अन्तर्राष्ट्रियकरण अभियानमा महानगर, विदेशका १८ नगरलाई काठमाडौंमा निम्तो

काठमाडौं । काठमाडौं महानगर इन्द्रजात्रा पर्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अभियानमा लागेको छ । आज बिहान ७ बजेर १७ मिनेटको साइतमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट लिङ्गो ठड्याएर इन्द्रजात्राको विघिवत सुरूवात भइसकेको छ ।

काठमाडौं महानगरले वसन्तपुर क्षेत्रमा पत्रकार सम्मेलन गरेर इन्द्रजात्राको तयारी र व्यवस्थापनको जानकारी गराएको छ । सोक्रममा उपमेयर सुनिता डंगोलले इन्द्रजात्रा काठमाडौंको मात्र नभई देशकै चाड भएको बताइन् ।

उनले काठमाडौंसँग भगिनी सम्बन्ध भएका देश-विदेशका नगरप्रमुखहरूलाई जात्रा हेर्न निम्तो दिइएको जानकारी गराइन् । यस वर्ष जात्रा आवलोकन गर्न दक्षिण एसियाली मुलुकका राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ ।

इन्द्रजात्राको आवलोकनमा आउने पाहुनाको व्यवस्थापन र स्वागतमा महानगरले कुनै कमी हुन नदिने उनको उपमेयरले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *