राष्ट्रियसभाका रिक्त ४ समितिले नेतृत्व पाउँदै, दलीय भागबण्डाअनुसार उम्मेदवारी दर्ता (भिडिओ) – Nepal Press

राष्ट्रियसभाका रिक्त ४ समितिले नेतृत्व पाउँदै, दलीय भागबण्डाअनुसार उम्मेदवारी दर्ता (भिडिओ)

काठमाडौं । करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले नेतृत्व पाउँदैछ ।

निर्वाचन कार्यतालिकाअनुसार सभापतिका लागि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालको कार्यकक्षमा उम्मेदवारी दर्ता गरिएको छ ।

चारवटा समितिमा चार प्रमुख दलले एक-एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने यसअघि समझदारी बनेअनुसार उम्मेदवारी दिइएको हो । सबै समितिमा एक-एकजनाको उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् ।

जसमा दिगो विकास तथा सुशासन समितिको सभापतिका लागि महेशकुमार महराको प्रस्ताव र जगप्रसाद शर्माको समर्थनमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै विधायन व्यवस्थापन समितिको सभापतिका लागि अनिता देवकोटाको प्रस्तावमा र देवेन्द्र दाहालको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का डा. बेदुराम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिका लागि मदनकुमारी शाह (गरिमा)को प्रस्तावमा युवराज शर्माको समर्थनमा नेकपा (माओवादी केन्द्र)का मायाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

र, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिका लागि गोपीबहादुर अछामीको समर्थनमा र दुर्गा गुरुङको समर्थनमा सबैभन्दा ठूलो दल नेकपा एमालेकी दीलकुमारी रावलले उम्मेदवारी दर्ता गराएकी छन् ।

राष्ट्रियसभाका तीनवटा समितिको सभापति फागुनदेखि रिक्त थिए भने पार्वती रावलको २ वर्षको कार्यकाल सकिएर सो समिति पनि रिक्त थियो । राष्ट्रियसभाका समिति सभापतिहरूको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीको व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर