प्रधानमन्त्रीको ‘सवारी’ लाई निजी कारले इमर्जेन्सी लाइट बाल्दै पछ्याएपछि – Nepal Press

प्रधानमन्त्रीको ‘सवारी’ लाई निजी कारले इमर्जेन्सी लाइट बाल्दै पछ्याएपछि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बेलुकी पुतलीसडकमा एउटा कार्यक्रम भ्याएर बालुवाटारस्थित निवासतर्फ जाँदै थिए । सेना र प्रहरीका स्कर्टिङसहित बालुवाटार पुग्नै लाग्दा एउटा निजी कारले अस्वाभाविक गतिविधि देखायो ।

इमर्जेन्सी लाइटसमेत बालेर उक्त कारले सवारीलाई ओभरटेक गर्न खोजेपछि सुरक्षाकर्मीले चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए । इमर्जेन्सी लाइट बाल्नुको कारणबारे सोध्दा उनले जवाफ दिए, ‘प्रधानमन्त्रीको पछि हिँडेका गाडीहरुले पनि बालेका थिए, त्यसैले अगाडि जान पाइएला भनेर बालेको हुँ ।’

प्रधानमन्त्रीको सवारी प्रभावित तुल्याउन खोज्ने निजी गाडीका चालकमाथि कुनै एक्सन भने लिइएन । फिल्डमा रहेका सुरक्षाकर्मीले ‘माथि’ सम्पर्क गरेर कुराकानी गरेपछि उनको लाइसेन्स नम्बर टिपेर यत्तिकै छोडिएको थियो ।

जाँदाजाँदै ती चालकले भने, ‘यदि म प्रधानमन्त्री भएको भए आफ्नो सवारीमा यस्तो लावालस्कर हटाउने पहिलो निर्णय गर्ने थिएँ ।’

प्रधानमन्त्रीको सवारीलाई ओभरटेक गर्न खोज्ने ती व्यक्ति प्रदीपकुमार लामा हुन् । उनी सूर्य लाइफ इन्स्योरेन्समा काम गर्छन् । उनले बा २६ छ १९१९ नम्बरको सुजुकी कार चलाएका थिए ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको ‘सवारी’ लाई निजी कारले इमर्जेन्सी लाइट बाल्दै पछ्याएपछि

  1. बा 26 च । यो नं को गाडी हुदैन हो पत्रकार । बा 21 च पछि प्रदेश नं शुरु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर