मकवानपुर २ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सर्वसम्मत सिफारिस – Nepal Press

मकवानपुर २ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सर्वसम्मत सिफारिस

हेटौंडा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ को संघीय सांसद उम्मेदवारको निम्ति राप्रपा नेपालबाट पार्टीका महामन्त्री राजाराम बर्तौला एकल सिफारिस भएका छन् ।

राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर २ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि मकवानपुर १ बाट पार्टी अध्यक्ष कमल थापालाई जिल्ला समितिले एकल सिफारिस गरिसकेको छ ।

बैठकले प्रदेशको प्रत्यक्ष उम्मेदवारको रुपमा विभिन्न व्यक्तिहरुलाई सिफारिस गरेको छ । मकवानपुर १ (क) बाट राजाराम अर्याल, बद्री कुँवर र कमल बिडारी तथा (ख) बाट दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ र अर्जुन ढुंगानाको नाम सिफारिस भएको छ ।

मकवानपुर २ (क) बाट बैकुण्ठ सुवेदी, रामु रिजाल र सरोज गुरागाईं तथा (ख) बाट राधाकृष्ण बिष्ट, सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन् ।

समानुपातिकतर्फ भोलि बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर