‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न – Nepal Press

‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.० सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा जब फेयरको आयोजना गरेको थियो ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरूको उपस्थिति रहेको थियो । कम्पनीका प्रतिनिधिहरूले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरूलाई क्षमताको आधारमा कामको अवसर दिए ।

उक्त अवसर प्रदान गर्ने कम्पनीहरूमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा।लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए ।

कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले स्वागत गरेका थिए । त्यस्तै कार्यक्रमबारे फ्रक्स जबका सिइओ विमल कँडेलले परिचयात्मक जानकारी दिएका थिए । कलेजले दिएको जानकारी अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो । कार्यक्रमको अन्त्यमा आउने दिनमा आयोजित हुने जब फेयरलाई थप सफल बनाउन प्रतिक्रिया र सुझाव समेत संकलन गरिएको थियो ।

त्यस्तै द ब्रिटिस कलेजका एसोसियट डिन अफ क्वालिटी एण्ड एसुरेन्स एमलाल चन्द्र राजभण्डारीले कार्यक्रम समापनको मन्तव्य दिएका थिए । साथै कार्यक्रममा उपस्थित विभिन्न कम्पनीका प्रतिनिधिहरूलाई उनले मायाको चिन्हो प्रदान गरे ।

कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरू पनि जब फेयरमा सहभागिता रहेको थियो ।

द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले भने, ‘टीबीसीले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रमले विद्यार्थीहरूलाई उत्कृष्ट अवसर प्रदान गर्दै आइरहेको छ । यो कार्यक्रमलाई थप विस्तार गरेर अगाडि बढ्ने कुराप्रति विश्वस्त दिलाउन चाहन्छु ।’

उनले जब फेयरमा सहभागी भएका सबैलाई धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *