नेपालमा २३० कोरोना संक्रमित थपिँदा दुई जनाको मृत्यु
नेपाल प्रेस
२०७९ भदौ २२ गते १७:४६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमुना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा ७८ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
सोही अवधिमा १६५२०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा कोरोनाका २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया