प्रतिनिधिसभाका लागि माओवादीबाट सुनसरी-२ मा मदन चुडालसहित तीन जना सिफारिस
नेपाल प्रेस
२०७९ भदौ २२ गते १९:२७
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि सुनसरी २ बाट मदन चुडालसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
बुधबार चुडालकाे नाम प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ नाम सिफारिस भएको हाे ।
चुडाल माओवादी इटहरी उपमहानगरपालिकाका इञ्चार्ज हुन् । उनी यसअघि माओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष थिए ।
चुडाल सगरमाथा आरोही पनि हुन् । उनले २०६८ साल जेठ १४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँगै सगरमाथाको सफल आरोहण गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर