अनाधिकृत कम्पाउन्डको पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौ महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत कम्पाउन्डको पर्खाल हटाउन ३५ दिन भित्र हटाउन आग्रह गरेको छ । नक्सा पास बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेकम नक्सा पास बिना तथा मापदण्ड विपरीत निर्माण भएको देखिएकोले ३५ दिन भित्र हटाउन आग्रह गरेको हो । साथै सीमा पर्खाल पास गर्न समेत भनेको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड (भवन भन्नाले कम्पाउन्ड वाल समेतलाई जनाउने कानूनी व्यवस्था छ) ले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने सीमा पर्खाल (कम्पाउन्ड वाल) को नक्सा पेश गरी प्रचलित कानून बमोजिम नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्ने छ ।
महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पास गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन भनेको छ।
उल्लेखित ३५ दिनको समयभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पास नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाइएमा महानगरको कार्यालयबाट टोलीले त्यस्ता सीमा पर्खाल हटाइनेछ सूचनामा भनिएका छ । र हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने महानगरले जनाएको छ ।