लोक सेवा आयोगले गर्‍यो अंकभार संशोधन, कति बनाइयो ? – Nepal Press

लोक सेवा आयोगले गर्‍यो अंकभार संशोधन, कति बनाइयो ?

काठमाडौं । लोक सेवा आयोगले केही पदको लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन तथा परिमार्जन गरेको छ ।

आयोगले एक विज्ञप्तिमार्फत उक्त जानकारी गराएको हो ।

लोक सेवा आयोगका अनुसार राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता
परीक्षाअन्तर्गत मामिला प्रस्तुतिकरणको पूर्णाङ्क साविकको ५० अंकको सट्टा ३० अंक कायम गरेको छ ।

त्यस्तै राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम पत्रमा उम्मेदवारले प्राप्त गरेको कूल अंकको ५० प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रममा गणना गर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *