मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन् : प्रचण्ड (भिडिओ) – Nepal Press

मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन् : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् ।

महासचिव चयनमा असन्तुष्टि जनाउँदै हिजो अखिल क्रान्तिकारीको कार्यक्रममा जनार्दन शर्माले प्रचण्डको आलोचना गरेको भोलिपल्ट उनको यो अभिव्यक्ति आएको हो ।

बिहीबार काठमाडौंमा सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताउनुभएको हो ।

माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेहरू सक्रिय रहेको प्रचण्डको दाबी छ । ‘जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता हो । बाँकी एजेण्डा पूरा गर्नका लागि म निरन्तर संघर्षमा छु ।’

नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइन्यूटमा सही गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाइँ गठबन्धनबीच अहिले पनि जारी रहेको बताए ।


प्रतिक्रिया

One thought on “मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन् : प्रचण्ड (भिडिओ)

  1. एकजना सकिंदा सकिने कस्तो जनयुद्व ? तिम्रो पेवा हो जनयुद्व ? यस्तै कुरा गरेर ब्ल्याकमेल गरेर खाईरहेको छ प्रचण्डले । यसले पनि नपुगे कुनै दिन सबैको अगाडि क्वाँ क्वाँ रोयर सहानुभूती बटुल्छ प्रचण्डले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर