उद्योगीसँग प्रचण्डको प्रतिबद्धता- अब मेरो सम्पूर्ण जीवन आर्थिक सम्बृद्धि र विकासमा समर्पण (भिडिओ) – Nepal Press

उद्योगीसँग प्रचण्डको प्रतिबद्धता- अब मेरो सम्पूर्ण जीवन आर्थिक सम्बृद्धि र विकासमा समर्पण (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावपछि आफ्नो सम्पूर्ण ध्यान विकास र सम्बृद्धिको यात्रामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग परिसंघ (सिएनआइ)ले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचनपछि एकचोटी आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधारसहित राजनीतिक दलहरुबीच सहकार्यबाट नयाँ उचाइमा पुर्‍याउने बताए ।
अध्यक्ष प्रचण्डले अबको आफ्नो सम्पूर्ण जीवन आर्थिक विकास र सम्बृद्धिका लागि समर्पित गर्ने समेत बताए ।

प्रचण्डले भने- समावेशी लोकतन्त्र र युनिक शान्ति प्रक्रियाका कारण अब राजनीतिक क्रान्ति पूरा भएको छ । अब चुनावपछि मेरो सम्पूर्ण जीवन आर्थिक सम्बृद्धि र विकास अनि सामाजिक न्यायको निम्ति समर्पित गर्छु ।


प्रतिक्रिया

One thought on “उद्योगीसँग प्रचण्डको प्रतिबद्धता- अब मेरो सम्पूर्ण जीवन आर्थिक सम्बृद्धि र विकासमा समर्पण (भिडिओ)

  1. मजदुरकोमा गयो भने मेरो सम्पूर्ण जीवन मजदुरमा केन्द्रीत गर्छु भन्छन् । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय चटके रहेछन मिस्टर त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर