वेभ साइटका डाटाहरु नष्ट गरेको आरोपमा होस्टिङ कम्पनी जेनेसिस सोलुसनका सीईओ पक्राउ
नेपाल प्रेस
२०७९ भदौ २३ गते १९:११
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले अनधिकृतरुपमा प्रवेश गरी डाटाहरु नष्ट गरेको आरोपमा वेभसाइड होस्टिङ कम्पनी जेनेसिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेललाई पक्राउ गरेको छ ।
सुन्दर ग्रुप अफ कम्पनीज प्रालिको वेभ डाटाहरु नष्ट गरेको जेनेसिस सोलुसनमाथि आरोप लागेको छ । पोखरेललाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको ब्युरोका प्रवक्ता पशुपती रायले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर