पाटन उच्च बारका अध्यक्ष खतिवडाको रोहबरमा छुटे कमेडियन अपूर्व सिंह
नेपाल प्रेस
२०७९ भदौ २३ गते १९:२२
काठमाडौं । जातीय भावनामा ठेस पुर्याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंह बिहीबार छुटेका छन् । पाटन उच्च अदालत बारका अध्यक्ष शान्तिराम खतिवडाको रोहबरमा उनी छुटेका हुन् ।
त्यसअघि कोरोना संक्रमणका कारण बिरामी भएपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो ।
अपूर्व मंगलबार अस्पताल भर्ना भएका थिए । नेवारी समुदायको भावनामा आघात पुग्ने गरि कमेडी गरेको उजुरी परेपछि अपूर्व ११ दिनअघि पक्राउ परेका थिए ।
प्रतिक्रिया
One thought on “पाटन उच्च बारका अध्यक्ष खतिवडाको रोहबरमा छुटे कमेडियन अपूर्व सिंह”
Leave a Reply
सम्बन्धित खवर
कमेडियनले गरेको कमेडीको आधारमा जुन काम भयो यो जातीय अहम र दम्भ हो नत्र शासक देखि जनता र समाज जातजाति माथि ब्यङ्गगर्नु क्यारिकेचर स्वभाविक हो ।