सिट बाँडफाँटको निष्कर्ष आउन अझै केही दिन लाग्छ, छलफल जारी छ : सञ्चारमन्त्री कार्की – Nepal Press

सिट बाँडफाँटको निष्कर्ष आउन अझै केही दिन लाग्छ, छलफल जारी छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सत्तारुढ गठबन्धनको आजको बैठकमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन बुझाइएको बताए ।

सिट संख्याकाे विषयमा नेताहरुबीच छलफल गहन भएको र यो छलफल अझै निरन्तर रहने कार्कीले बताए । उनले बाहिर उठिरहेका कुराहरुलाई विश्लेषण गरेर त्यहीअनुरुप प्रतिवेदन बुझाइएको दाबी गरे ।

उनले न्यायोचित, सम्मानजनक तवरले सिट बाँडफाँट हुने कुरा दोहोर्‍याए ।

भोलि ३ बजे बैठक बसेर टुंग्याइने कार्कीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर