लागुऔैषधको ‘ट्रान्जिट प्वइन्ट’ बन्दै हेटौँडा, एक महिनामै ३४ जना कारोबारी पक्राउ – Nepal Press

लागुऔैषधको ‘ट्रान्जिट प्वइन्ट’ बन्दै हेटौँडा, एक महिनामै ३४ जना कारोबारी पक्राउ

हेटौँडा । लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वइन्ट’ बन्दै गएको बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाबाट साउम यता १ हजार २ सय किलो लागुऔषध गाँजा बरामद भएको छ । लागुऔषध कारोबारीले उत्तरी मकवानपुरसहित धादिङका विभिन्न क्षेत्रबाट संकलन गरि ल्याएको गाँजा हेटौँडा हुँदै मधेश प्रदेश तथा भारतमा समेत बिक्री गर्नको लागि हेटौँडालाई ‘ट्रान्जिट प्वइन्ट’ बनाउन थालेपछि प्रहरीले सक्रियता बढाएसँगै एक महिनाको अवधिमा ठुलो परिमाणको गाजा तथा अन्य लागु औषधसहित लागु औषध कारोबारमा सक्रिय रहेका ३४ जनालाई पक्राउ गरेको छ ।

गाँजा मात्र नभएर भारतको रक्सौलबाट नेपालमा प्रतिवन्धनमा रहेको र लागुऔषधको रुपमा प्रयोगकर्ताले प्रयोग गर्नेगरेको डाइजोपम, कोरेक्स, नाईट्रोभेट, ओनअरेक्स, डालेक्स डिसि तथा निकै महंगोमा विक्रि हुने गरेको खैरो हिरोईन (ब्राउन सुगर) हेटौँडा ल्याउने र हेटौँडाबाट विभिन्न गोरेटो बाटो हुँदै काठमाडौं उपत्यकासम्म निकासी हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।

प्रहरीले गत साउन १० गते यता १२ सय ५४ किलो गाँजा सहित ९ जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वामदेव गौतमले बताए । गौतमका अनुसार यो अवधिमा खैरो हिरोइन पाँच ग्राम एक मिलिग्रामसहित सात जना, डाइजोपम ९७८ एम्पुल सहित २ जना, नाइट्रोभेट २९११ ट्याब्लेटसहित ७ जना र डाइलेक्स डिसि २३९ बोतलसहित ५ जनालाई पक्राउ गरिएको छ ।

वागमती प्रदेशमा लागु औधन प्रयोगलाई न्युनिकरण गर्नको लागि लागु औषधको ‘ट्रान्जिट प्वइन्ट’को रुपमा विकास भएको हेटौँैडामा ब्यापक सर्च अभियान सञ्चालन गरेको गौतमको दाबी छ । मकवानपुरमा प्रहरी प्रमुख भएर आएसँगै आफ्नो पहिलो धयान नै लागु औसध नियन्त्रणमा केन्द्रीत भएको गौतमले बताए ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको विकट गाउँहरुमा अझै पनि गाँजा खेती हुने गरेको बताउँदै गौतमले गाँजा खेतीलाई अन्त्य नगरेसम्म लागुऔषधको कारोबार मकवानपुरमा कमि गर्नको लागि समस्या हुने गौतमले बताए ।

लागुऔषध कारोबारीले भर्खर कलेजको ११ कक्षामा भर्ना भएका विद्यार्थीलाई टार्गेट गरेर उनीहरुलाई खाने बानी लगाउने र पछि नियमित ग्रहाक बनाउने गरेको आफूहरुले पाएको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर