एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगका १० खेल स्थगित – Nepal Press

एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगका १० खेल स्थगित

काठमाडौं । बेलायतकी महारानी एलिजावेथको निधन भएको शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेल स्थगित गर्ने निर्णय गरेको छ ।

प्रिमियर लिगले विज्ञप्तिमा जारी गर्दै शनिबार, आइतबार र सोमबार हुने तालिकामा रहेका १० खेल स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रो क्लब उहाँले देशका लागि गर्नुभएको योगदानप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छौं ।’

बेलायतमा ७० वर्षसम्म शासन गरेकी एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *