ओलीको प्रश्न- प्रचण्डको आदेश मानेर राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?
विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेकोमा समेत आपत्ति जनाएका छन् ।
गृह जिल्ला झापा जाने क्रममा शनिवार अपराह्न विराटनगर विमानस्थल उत्रिएका अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने गरी अहिलेको विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउन सरकारलाई आग्रह गरे ।
ओलीले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्ने प्रश्न गर्दै सरकारका उद्दण्ड क्रियाकलापलाई एमालेले संसद् बाहिरबाटै ठेगान लगाइदिने बताए ।
प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए ।
भारतले त्यहि बोल भन्यो उसले बोलिदियो । प्रचण्डले जे भन्छ, जे गर्छ त्यो सबै पारिको आदेशको भाषा हो ।उसलाई भनेर केही हुँदैन । उसको मालिकलाई नै भन्नुपर्छ ।