राप्रपा नेपालका अध्यक्ष थापाको दाबी- एमालेलाई हराउन विदेशी शक्ति मिलेर गठबन्धन गर्दैछन् (भिडिओ) – Nepal Press

राप्रपा नेपालका अध्यक्ष थापाको दाबी- एमालेलाई हराउन विदेशी शक्ति मिलेर गठबन्धन गर्दैछन् (भिडिओ)

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई हराउन विदेशीहरू लागेको बताएका छन् ।

राप्रपा नेपालले आज हेटौँडामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको भनाई थियो ।

कार्यकर्ता भेलामा एमालेको प्रशंसा गर्दै थापाले राष्ट्रवादी छवि बनाएको एमालेलाई पराजित गर्न ती बाहिरी शक्ति मिलेर मिलेर गठबन्धन निर्माण गरेको दाबी गरे ।

उनले भने ‘हिजो एक अर्कालाई भेट्दा टाउको काट्न तम्सिने माओवादी र कांग्रेसहरुको के कारण गठबन्धन भयो ? यसमा सत्ता स्वार्थ मात्र जोडिएको छ र ? नेपालमा राष्ट्रियता पक्षधरलाई कमजोर पार्न बाहिरी शक्तिको चलखेलको कारण गठबन्धन मिलेको प्रस्ट छ ।‘

आफू केपी शर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्र सङ्घको बैठकमा नाकाबन्दी विरुद्ध कडा रूपमा उभिएको कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको थापाले आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर