नागरिकता विधेयक राेकेकाे भन्दै नेविसंघले जलायाे राष्ट्रपतिको पुत्ला (तस्बिरहरु/भिडिओ)
काठमाडाैं । नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला जलाएकाे छ ।
नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएकाे हाे । विद्यार्थीले पुत्ला जलाउँदै गर्दै नाराबाजी गरेका थिए । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढासमेत भएको छ ।
उनीहरुले छिटो उक्त विधयेक प्रमाणीकरण गर्न माग गरेका छन् । नागरिकता विधयेक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपति भण्डारीसमक्ष पठाइएको छ । यसअघि पहिलोपटक राष्ट्रपतिसमक्ष उक्त विधयेक प्रमाणीकरण गर्न पठाइएको थियो । तर, उनले आवश्यक संसोधन गर्न भन्दै सुझावसहित प्रतिनिधिसभामा नै फिर्ता पठाएकी थिइन् । अहिले दुवै सदनबाट जस्ताको तस्तै पारित भएर पुन: राष्ट्रपतिकोमा पठाइएको छ ।
HAMRO SANSKAR ANI PAHICHAN KE YEHI HO ?? SADHAI DANGAFASAAD AND BANDA MATRAI HO NIKAS ?? BAICHARIK BAHAS KHOI ??? AFULAI MAN PARE ARKOLE MAN NAPARAE KIN RA KE KARAN LE BHANNE BUJNU JARURI CHA ?? MTHILO POST BASEKA SABAI LE GALTI NAI GARDAINAN SATTA TIAUNA JE PANI GARNE TA HOINA HOLA NI ?? NAGARIKATA BEDESHI KETA WA KETI LAAI BIHE GAREKO BHOLIPALTAI KYA GAJAB CHA HAI ?? NEPALI NAGIRATA THETI DHARAI SASTHO BHO ABA ??NEPAL MA JANMERA PANI KATI LE AJHAI NAGIRATA PAEKA CHAINAN TES KO KURA KHOI ?? BATO MA CHADERA YA HOSPITAL ME BEWARISE CHODEKA HARUKO KASLE ZIMA LINCHA ??INDIAN LAI NAGARITA BADNA PAAIENA BHANERA YETRO BIRODH ?? RASTRYPATI LE SAMAYE LAGAYERA SOCHHNA NAPAUNE ?? SABAI TIRA BATTA SOCHERA SAHI NARNAYE LINU PARCHA . JAY NEPAL
१५ दिनको समय त सकिएकै छैन अहिले नै रोकेको भनेर के खालको आन्दोलन हडताल हो
महँगि बढ्दा अन्याय हुँदा विद्यार्थिमाथि शोषण हुँदा कस्को कलो र काट्टो खाँदै थियो लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउने ठगबन्धनको मतियार नेविसँघ आज त्रिविका pnc जस्ता क्याम्पस्का तिम्रै पार्टिका सहायक क्याम्पस चिफहरु कन्या कालिका जनप्रिय र अरु पराइबेट क्याम्पसमा बिहानको लोड लिन pncमा बिहानि सत्र नराख्न लागि परे तिमि केहि बोलेनौँ ाज राष्ट्रघाति विधयक पास नगरे र राष्ट्र हितमा लाग्ने संविधानका संरक्षक राष्ट्रपतिको पुत्ला जलाेर के नाप्दैछौँ।विपि गणेशमान र किसुनजि तिमिहरुलाइ धिकार्दैछन्। स्वर्गतिर असत्तेराहरु हो