नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला भएको भन्दै नेविसंघको विरोध, प्रहरीमाथि ढुंगामुढा प्रहार – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला भएको भन्दै नेविसंघको विरोध, प्रहरीमाथि ढुंगामुढा प्रहार

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गर्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो ।

विद्यार्थीले पुत्ला जलाउँदै नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्न खोज्दा विद्यार्थीहरू प्रहरीमाथि जाइलागेका हुन् ।

तस्बिरहरु : उमेश कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर