सट्टेबाजी खेल्ने ४ जना पक्राउ
नेपाल प्रेस
२०७९ भदौ २६ गते ११:१९
मोरङ । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी खेल्ने विराटनगर महानगरपालिका-११ बाट ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् ।
एसिया कप क्रिकेट खेलमा सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खेलमा प्रयोग गरिएको ४ थान मोवाईल र नगद १८ हजार ५ सय रुपैयाँ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर