कांग्रेस उपसभापति गुरुङको प्रस्ताव- उच्च नेताको सम्पत्ति छानबिन हुनुपर्छ, सुरुवात मबाटै होस् – Nepal Press

कांग्रेस उपसभापति गुरुङको प्रस्ताव- उच्च नेताको सम्पत्ति छानबिन हुनुपर्छ, सुरुवात मबाटै होस्

काठमाडौं । लामो समयदेखि नेपालमा राजनीतिक दलका नेताहरूको सम्पत्तिबारे सार्वजनिक टीकाटिप्पणी हुने गरेको छ । आम्दानीको स्रोत नै नभएका नेताहरूको उच्चस्तरीय जीवनशैलीका कारण उनीहरूको आर्थिक अनुशासनबारे आमजनतामा समेत संशयको स्थिति छ । वेलावेलामा नागरिकस्तरबाट नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग उठ्दै आएको छ ।

यस्तैमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक दलका उच्च नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखेका छन् । जसको सुरुवात आफैंबाट गर्नुपर्ने उनको प्रस्ताव छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज उनले लेखेका छन्, ‘राजनीतिक दलका उच्च नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । त्यसको सुरूवात मबाटै गरियोस् । जय नेपाल ’


प्रतिक्रिया

One thought on “कांग्रेस उपसभापति गुरुङको प्रस्ताव- उच्च नेताको सम्पत्ति छानबिन हुनुपर्छ, सुरुवात मबाटै होस्

  1. काँग्रेसमा एउटा सच्चा नेता तिमी मात्रै छौ बाबु नागरिकता बिधयकमा पनि तिम्रो सक्कलि चरित्र देखाउन बाबु धनराज।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर