शेखरले भने- सय सीट नपाए कांग्रेसको बहुमत आउँदैन, ७०-८० सीटका लागि गठबन्धन चाहिन्न – Nepal Press

शेखरले भने- सय सीट नपाए कांग्रेसको बहुमत आउँदैन, ७०-८० सीटका लागि गठबन्धन चाहिन्न

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा सय सीटमा उम्मेदवारी दिनुपर्ने बताएका छन् । बहुमत नल्याउने भए गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नरहने उनले प्रष्ट्याएका छन् ।

गृहजिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सीट बाँडफाँटको प्रयास भइरहेको कोइरालाले बताए ।

उनले भने, ‘कांग्रेसले १०० सीटमा उम्मेदवारी दिनुपर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन,’ ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो ।’

कोइरालाले ८०/८५ सीटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने र उल्टै पार्टीमा विद्रोह हुने भन्दै २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने बताए । यो कुरा आफूले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भनिसकेको कोइरालाले कार्यकर्तामाझ सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर