गठबन्धनका शीर्ष नेताको बैठक सकियो, टुंगिएन सीट बाँडफाँट (भिडिओ) – Nepal Press

गठबन्धनका शीर्ष नेताको बैठक सकियो, टुंगिएन सीट बाँडफाँट (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो ।

बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए ।

‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौं ।’

बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए । उनले भने, ‘भोलि हामी सकेसम्म टुंगो लगाउँछौं । केही केही बाँकी रहे अगाडि जाला । तर, अधिकांश विषय भोलि टुंग्याउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर