गठबन्धनलाई गोकुल बाँस्कोटाको प्रश्न- प्रधानमन्त्रीको उमेदवार को रहेछ ?
नेपाल प्रेस
२०७९ भदौ २६ गते १३:५६
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।
गठबन्धनका दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सीट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।
‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन्,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।
गठबन्धनका दलहरू जनतालाई झुक्याउन लागिपरेको उनको टिप्पणी छ ।
‘घ्यू बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् ।
प्रतिक्रिया