तीनकुने क्षेत्रमा पुनः चल्यो महानगरको डोजर (तस्बिरहरु) – Nepal Press

तीनकुने क्षेत्रमा पुनः चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं । अनधिकृत संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले आज तीनकुने चोकमा पनि डोजर चलाएको छ । कोटेश्वर क्षेत्रमा महानगरले पटक-पटक माइकिङ गरेर फुटपाथ व्यवसायीले बनाएकाे अनधिकृत संरचना नहटाएपछि महानगर आफैंले हटाउन थालेको हो ।

महानगरको सूचना बेवास्ता गर्ने तथा फुटापथ ढाकेर बनाइएको पाली, भर्‍याङ, सिंडीहरु डोजरमार्फत हटाइएकाे हाे ।

कोटेश्वेर क्षेत्रमा महानगरले यस महिनामात्रै ३ पटक डोजर चलाइसकेको छ । त्यस्तै, यो अभियान निरनतर जारी रहने महानगरको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *