सरकारले घटायो सहकारीको आयकर, कति पुग्याे ? – Nepal Press

सरकारले घटायो सहकारीको आयकर, कति पुग्याे ?

काठमाडौं । सरकारले सहकारी संस्थाको नाफामा लाग्ने आयकर घटाएको छ । आर्थिक ऐन २०७९ मा संशोधन गर्दै सहकारी संस्थाको नाफामा लाग्ने आयकर घटाएको हो ।

गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले आयकर बढाएको थियो । सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा यसअघि नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिकाभित्र १० प्रतिशत र महानगरपालिकाभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको थियो ।

अब नगरपालिका क्षेत्रभित्रका सहकारीको कारोबारमा ५ प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारीको कारोबारमा ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था सरकारले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर