४८ करोड बिगो दाबी गरिएका अमित १५ लाख धरौटीमा रिहा – Nepal Press

४८ करोड बिगो दाबी गरिएका अमित १५ लाख धरौटीमा रिहा

काठमाडौं । पाटन उच्च अदालतले क्रिप्टो कारोबारको आरोप लागेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको छ ।

जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न भने पनि पाटन उच्च अदालतले १५ लाख रुपैयाँ धरौटी मागे गर्दै छाड्न भनेको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले बिहीबार श्रेष्ठसँग १५ लाख रुपैयाँ धरौटी मागेर छाड्ने आदेश गरेको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध श्रेष्ठ उच्च अदालत पुगेका थिए ।

काठमाडौं प्रहरी परिसरले ४८ करोड ४ लाख ७२ हजार ५४८ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।

अभियोगमा दाबी गरिएको सजायअनुसार श्रेष्ठलाई बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको थियो।


प्रतिक्रिया

One thought on “४८ करोड बिगो दाबी गरिएका अमित १५ लाख धरौटीमा रिहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *